• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आजकाे माैसमः सबै प्रदेशमा वर्षा र हावाहुरीकाे सम्भावना

आजकाे माैसमः सबै प्रदेशमा वर्षा र हावाहुरीकाे सम्भावना

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।

जसले गर्दा मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भागमा बादल लागेको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्ग, असिना, हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना छ।

राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ७, शनिबार ००:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP