काठमाडौँ । अवैध लागूऔषध काराेबारमा काभ्रेका मिलन लामासहित २४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१२ टेकुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेटसहित काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने काभ्रे घर भएका २५ वर्षीय मिलन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-५ पैसठ्ठी बिघाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ३० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ च गाउँ बस्ने २० वर्षीय रोहन तामाङ र सोही नगरपालिका-८ खड्डा बस्ने २२ वर्षीय वीरेन्द्र राना रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले प्रदेश ३-०९२ प १११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५ ट्याब्लेटसहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-३ बस्ने २४ वर्षीय बिजय गिरी, सोही नगरपालिका-७ च गाउँ बस्ने २१ वर्षीय अमन तामाङ र चितवन भरतपुर महानगरपालिका-१४ शिवनगर बस्ने २४ वर्षीय रोहन विक रहेका छन् । प्रहरी चौकी भुडाँबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प २६८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय अनिल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-३ बैवाह बस्ने २२ वर्षीय सुनिल चौधरीसमेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-३ सैनिक मोड बस्ने २३ वर्षीय हरिप्रसाद राजबंशीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठाकुरबाबा नगरपालिका-५ बस्ने ३६ वर्षीय पवन श्रेष्ठ र ३० वर्षीय प्रविन कुमार थारू रहेका छन् । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका-१२ दुरीखेल ठेचोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेटसहित सोही ठाउँ बस्ने मकवानपुर घर भएका २८ वर्षीय विवक तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
जाजरकोट, छेडागाड नगरपालिका-५ थलबजारबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ८ किलो २ सय २५ ग्रामसहित बाँके राप्ती सोनारी गाउँपालिका-१ कुसुम बस्ने ३७ वर्षीय दिपक कुमालसमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बडावन समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहा, कल्याणपुर नगरपालिका-११ कल्याणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्राम र नगद १७ हजार ६ सय ५० रूपैयाँसहित सोही नगरपालिका-४ बैरिया डरौल टोल बस्ने २५ वर्षीय अन्जय रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका-७ गढीझारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय अमिल लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नुवाकोट, लिखु गाउँपालिका-६ छहरेबजारस्थित यस्मोर फेमली होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय ८० मिलिग्रामसहित ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विदुर नगरपालिका-१० बस्ने ३२ वर्षीय सुमन तामाङ, किस्पाङ गाउँपालिका-१ बस्ने २८ वर्षीय तुलसिङ तामाङ, रसुवा उत्तरगया गाउँपालिका-१ बस्ने २२ वर्षीय चित्रबहादुर तामाङ, सोही गाउँपालिका-४ बस्ने २४ वर्षीय सुवास तामाङ र रसुवा धारापानी बस्ने २४ वर्षीय सुमन मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट गुर्जेभन्ज्याङ समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २५ ग्राम ३ सय ८० मिलिग्रामसहित भारत बिहार राधोपुरग्राम पञ्चायत बस्ने ४५ वर्षीय शंकर जैसवाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६३५६ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया