• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

पाँचपोखरी थाङपाल गाउँपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी थाङपालधापलाई

पाँचपोखरी थाङपाल गाउँपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी थाङपालधापलाई

सिन्धुपाल्चाेक । विजयादशमी तथा शुभदीपावली-२०८२ को अवसरमा टिम धिताल बहादुरेद्वारा आयोजित शुभकामना आदानप्रदान तथा पाँचपोखरी थाङपाल गाउँपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी थाङपालधाप वडा नम्बर-६ ले जितेको छ।

उपाधीसँगै थाङपालधापले घोर्ले खसीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोश्रो भएको लागर्चे युवा समूहले राल्बे बोकोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो भएको थाङपालकोटले नगद पाँच हजार पुरस्कार पाएको छ ।

प्रतियोगितामा बेस्ट खेलाडी–उमेश भारती थाङपालधाप–६, बेस्ट स्पाइकर–भुवल भारती- थाङपालधाप–६,बेस्ट लिबरो–अविशेक तामाङ (लाङर्चे), बेस्ट लिफ्टर–शैलेश सापकोटा ( थाङपालधाप–६), बेस्ट बल्कर–देव खड्का (लाङर्चे) र फेयर प्लेयर अवार्ड–आदित्य धिताल (टिम बहादुरे) ले पाएका छन् । दुई दिनसम्म चलेको प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको थियो ।

टिम बहादुरेले समाज दाजुभाइ, इष्टमित्रसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यसहित यो प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा अझै यो प्रतियोगितालाई उचाईमा लैजाने उद्देश्य बोकेको कार्यक्रमका संयोजक राजन धितालले बताउनुभयो ।

कार्यक्रमको सभापतित्व टिम बहादुरेका जेष्ठ सदस्य नारायण धितालले गर्नुभएको थियो भने कार्यक्रम संचालन अजय धितालले गर्नुभएको थियो । टिम बहादुरेले फूलपातीको दिन अझै विविध कार्यक्रम पनि राखेको जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १३, सोमबार ०९:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP