काठमाडौं । विगत २४ घण्टामा दशैं मनाउन काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्नसम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन् ।
यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंका अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताएका छन् ।
अध्यक्ष स्वारले घटस्थापना यता आठ लाख सर्वसाधारण काठमाडौँ उपत्यकाकाबाट बाहिरिएका बताए । उनले आफूहरूले सहजरूपमा यातायातका साधन सञ्चालनका निम्ति ट्राफिक प्रहरीलाई अनुरोध गरेको जानकारी पनि दिए।
ट्राफिक प्रहरीले पनि आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ । राससकाे सहयाेगमा
प्रतिक्रिया