काठमाडौँ। पछिल्लो ६ घण्टामा वीरगञ्जमा सबैभन्दा धेरै बर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यहाँ ६४ मिलिमिटर बर्षा भएको हाे । यस्तै राैतहटकाे गौरमा ५७ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।
काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कम मात्रै वर्षा भइरहेको जनाइएकाे छ।
प्रतिक्रिया