• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

एमाले केन्द्रीय सचिवालय बैठक आज बस्ने

एमाले केन्द्रीय सचिवालय बैठक आज बस्ने

काठमाडौँ। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

भक्तपुरकाे गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्नेबारे छलफल हुने बताइएकाे छ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गरेको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम र निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी रहेकाे बुझिएकाे छ।

यसअघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो ।

फाइल फाेटाे



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २४, शुक्रबार ०२:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP