सिन्धुपाल्चाेक । समता मूलक र आत्मनिर्भर समाज निर्माणको अभियानमा सक्रिय महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३३औं वार्षिक साधारण सभा मेलम्ची नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
सभाको अध्यक्षता केन्द्रकी अध्यक्ष सन्चमाया तामाङले गर्नुभएको कार्यक्रममा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, पूर्वउपप्रमुख भगवती नेपाल, पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी उपस्थित हुनुहुन्थ्याे ।

यस्तै पूर्वसंविधानसभा सदस्य डोल्मा तामाङ, पूर्व प्रदेश मन्त्री इन्द्रमाया तामाङ, वडा नं. ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईं, शक्ति समूह नेपालका संस्थापक अध्यक्ष चरीमाया तामाङ लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।
कार्यक्रममा केन्द्रका आजीवन सदस्य ११३ जना र ४८ जना साधारण सदस्यसहित कुल १६१ जनाको सहभागिता रहेको थियो। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको र केन्द्रका आगामी योजनाबारे गहन छलफल गरिएको थियो।

सभाका वक्ताहरूले केन्द्रले विगत तीन दशकदेखि महिलाको सशक्तिकरण, आत्मनिर्भरता र समान अवसरमा आधारित समाज निर्माणका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।
प्रतिक्रिया