• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

टी–२० विश्वकप छनोटः आज नेपाल र यूएई प्रतिस्पर्धा गर्दै

टी–२० विश्वकप छनोटः आज नेपाल र यूएई प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र यूएई प्रतिस्पर्धा गर्दैछन् ।

समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकालेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो ।

खेल आइतबार दिउँसो ४ः१५ बजे हुनेछ । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग भिड्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २६, आईतवार ०१:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP