• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस शीर्ष नेताहरूबीच केही दिनदेखि लगातार छलफल भइरहे पनि केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे टुंगो लाग्न सकेको छैन ।

आगामी मंसिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति जुट्न नसक्दा एजेण्डा टुङ्गो नलागेकाे हो । बैठकका एजेण्डालाई अन्तिम टुङ्गो लगाउन आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

केन्द्रीय समिति बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई बोलाइएको छ।

जेनजी आन्दोलनका क्रममा गत भदाै २४ गते आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आजको बैठकमा उपस्थित हुने जनाइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २८, मंगलवार ०२:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP