• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा ‘नातिकाजी सापकोटा’

राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा ‘नातिकाजी सापकोटा’

सिन्धुपाल्चोक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा नातिकाजी सापकोटा निर्वाचित हुनुभएको छ ।

सोमबार तिपेनीमा सम्पन्न पालिका अधिवेशनबाट सापकोटाको नेतृत्वमा १६ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मतरूपमा चयन गरिएको हो ।

निवर्तमान अध्यक्ष भीमबहादुर गुरुङ चित्रले अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्रपा नेत्री केन्द्रिय संगठन प्रशिक्षण बिभाग उपसंयोजक खुश्बु ओली, प्रदेशसभा सदस्य एवम् राप्रपा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ की क्षेत्रीय अध्यक्ष कुमारी तामाङ, केन्द्रीय सदस्य उदय सापकोटा लगायतले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँहरूले राप्रपालाई अझ सशक्त र जनमुखी बनाउँदै लैजान नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

उहाँहरूको भनाइमा राप्रपा नै जनताको चाहना र अपेक्षा पूरा गर्न सक्षम राजनीतिक शक्ति हो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २२, मंगलवार १३:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP