• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मण्डनदेउपुरका ५१ गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स-रे सेवा

मण्डनदेउपुरका ५१ गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स-रे सेवा

कुन्तावेँसी । काभ्रेकाे मण्डनदेउपुर नगरपालिकाका ५१ जना गर्भवती महिलालाई निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गरिएको छ।

नगर अस्पताल र सम्बन्धित वडा स्थित स्वास्थ्य चाैकीबाट उनीहरुले सेवा पाएका हुन् । संस्थागत ब्यवस्थापनका लागि सम्बन्धित संस्थाका फोकल पर्सन, नर्सिङ कर्मचारी लगायतकाे सहयाेगमा उनीहरुलाई साे सेवा उपलब्ध गराइएकाे हाे।

यस्ताे सेवा लिनेहरुमा वडा नम्बर १ बाट ५ जना, वडा नम्बर २ बाट १० जना, ३ बाट २ जना, वडा नम्बर ४ बाट ५ जना रहेका छन् ।

वडा नम्बर ५ र ७ मा कसैले पनि सेवा नलिए पनि वडा नम्बर ६ बाट ३ जना र ८ बाट ७ जनाले सेवा लिएका छन् ।

यस्तै वडा नम्बर ९ बाट २ जना, १० बाट १ जना, ११ बाट ६ जना र १२ बाट १० जना रहेकाे नगरपालिकाका स्वास्थ्य सेवा प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयाे।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३०, बिहीबार १३:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP