• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा ११ को पुरानाे आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा ११ को पुरानाे आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको जनाएकाे हो ।

पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँच हजार ९१६ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । त्यस्तै, ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकामा तीन हजार ५४० जना उत्तीर्ण भएका छन् ।

यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा नौ हजार ४५६ जना उत्तीर्ण भएका छन् । दुई जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ ।

नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिनेछ । साथै १६०० र ८१६०१३ डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा हेर्न सकिन्छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ३१, शुक्रबार ०४:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP