• २०८३ असार ३२ | Thu, 16 Jul 2026

क्षति भएका प्रहरी कार्यालयहरूको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सक्रियता

क्षति भएका प्रहरी कार्यालयहरूको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सक्रियता

काठमाडौँ। गत भाद्र २३ र २४ गतेको आन्दोलनमा क्षति भएका प्रहरी कार्यालयहरूको पुनर्निर्माण तथा पुनर्स्थापनाका सहयात्रीहरूसँग जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा आयोजित “MEET & GREET WITH COMMUNITY” कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी वृत्त गौशालामा सम्पन्न भएको कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले नागरिक एवं समुदायबाट भएका सहयोग र सहकार्यका लागि सबैलाई धन्यवाद दिँदै समाजको अपेक्षासहित स्वच्छ, पारदर्शी, व्यवसायिक र नागरिकमैत्री प्रहरी सेवा प्रदान गरी नागरिकलाई पेशा व्यवसाय सञ्चालन गर्नका लागि भयरहित वातावरण सिर्जना गर्न नेपाल प्रहरी दृढ रहेको बताउनु भयो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले धन्यवाद दिँदै समाजमा हुने कुनै पनि गैरकानुनी क्रियाकलापलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको र यस कार्यमा समुदायसँग सहयोगको अपेक्षासमेत रहने बताउनु भयो ।

उक्त कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंका प्र.उ. पवनकुमार भट्टराईको प्रमुख आतिथ्यतामा प्रहरी वृत्त कालीमाटीमा संचालित कार्यक्रममा नागरिक र समुदायस्तरबाट हुने यस्ता सहयोगबाट प्रहरीको मनोबलमा समेत सकारात्मक प्रभाव पर्ने बताउँदै सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौं मातहत सबै प्रहरी कार्यालयहरूमा सञ्चालन गरिएको “MEET & GREET WITH COMMUNITY” कार्यक्रममा जनप्रतिनिधि, सहयोगदाता, पत्रकार, नागरिक समाज, स्थानीय व्यक्ति र आम सर्वसाधारणसँग भेटघाट गरी सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १, शनिबार १२:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP