• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

तिहार अन्तर्गत आज गाई तिहार मनाइँदै (भिडियाेसहित)

तिहार अन्तर्गत आज गाई तिहार मनाइँदै (भिडियाेसहित)

काठमाडौँ । तिहारको चौंथो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा यस दिन गाईको पूजा गर्ने गरिन्छ।

गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाई पूजा गर्ने परम्परा रहेको हो । गाई जगत जननी भएकाले पनि हिन्दू संस्कार अनुसार पूजा गर्ने गरिएको जनविस्वास छ। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ ।

आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ।

आजको दिनलाई गाईतिहार भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ। आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ४, मंगलवार ०२:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP