• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अन्ततः महाकालीमै बिलाए विपिन जोशी, आज गरियाे अन्त्येष्टि

अन्ततः महाकालीमै बिलाए विपिन जोशी, आज गरियाे अन्त्येष्टि

कञ्चनपुर । दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएर त्यहाँ हमास समूहको नियन्त्रणसँगै हत्या गरिएका विपिन जोशीको आज अन्त्येष्टि गरिएको छ।

आफ्नै गृहनगर कञ्चनपुरस्थित महाकाली नदीको भुजेलाघाटमा उनको अन्त्येष्टि गरिएको हो । उनकाे अन्त्येष्टिमा सयाैंकाे संख्यामा नागरिक सहभागी थिए ।

जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित उनकाे घर पुर्‍याइएको थियो।

विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका जोशी २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएकाे पुष्टि गरेका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ४, मंगलवार ०८:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP