• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

काठमाडौँ–तराई मधेश द्रूतमार्ग निर्माणको भाैतिक प्रगति ४३ प्रतिशत

काठमाडौँ–तराई मधेश द्रूतमार्ग निर्माणको भाैतिक प्रगति ४३ प्रतिशत

काठमाडाैँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौँ–तराई मधेश द्रूतमार्ग सडक निर्माणको काम तदारुकताका साथ अघि बढिरहेको सेनाले जनाएकाे छ।

विसं २०७४ वैशाखमा उक्त सडक निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको थियो। जिम्मेवारी प्राप्त भए पनि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो।

कूल ७० दशमलव ९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल ४३ दशमलव ६ र वित्तीय प्रगति ४४ दशमलव ७२ रहेको आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले जानकारी दिए । द्रूतमार्ग अन्तर्गत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्नेछ। तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल रहने छन् ।

त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न हुने सेनाकाे दाबी छ। यो काठमाडौँ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ। निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ।

आयोजना अन्तर्गतका ७ वटा सुरुङमध्ये २ वटा छिचोलिएको, २ वटा निर्माणाधीन रहेका छन् । ३ वटाको ‘पोर्टल’ कार्य भइरहेको सेनाले जनाएको छ। सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको निर्देशक झाले बताएका छन् ।

देशको प्रमुख सुरक्षा संगठन नेपाली सेनाले रणनीतिक महत्त्वका ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ। त्यसक्रममा १ हजार ४०० किलोमिटरभन्दा बढी सडकको ‘पाइलट ट्रयाक’ खोली सरकारलाई हस्तान्तरण गरिसकेको नेपाली सेनाका युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोरको खार्पुनाथस्थित चुवा खाेलामा बेलिबृज जडानपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। यसमा पनि नेपाली सेनाको योगदान रहेको छ। नेपाली सेनाले हाल खाँदवारी–किमाथाङ्का, कर्णाली करिडोर, बनीघाट–आरुघा–लर्कभञ्ज्याङ र दार्चुला–टिंकरणसहितका ५ वटा सडक आयोजनाअन्तर्गत करिब २७४ किलोमिटरभन्दा बढी सडक निर्माण गरिरहेको छ।

राष्ट्रिय गौरवका ती आयोजनालाई तोकिएकै मितिमा सम्पन्न गर्न सेनाले प्राथमिकताका साथ कार्य गरिरहेको सेनाले जनाएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ७, शुक्रबार १०:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP