• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

वर्षा र हिमपात भइरहेकाले अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्णरुपमा रोक (सूचनासहित)

वर्षा र हिमपात भइरहेकाले अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्णरुपमा रोक (सूचनासहित)

म्याग्दी । वर्षा र हिमपात भइरहेकाले म्याग्दी जिल्लातर्फ अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्णरुपमा रोक लगाइएको छ।

आज जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूचना जारी गर्दै पदयात्रामा पूर्ण रोक लगाइएको जनाएकाे हाे ।

यस्तै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र मनाङले पनि यी क्षेत्रहरुमा भारी हिमपात हुने उच्च सम्भावना रहेको भन्दै पदमार्ग भएर पदयात्रा नगर्न /नगराउन सूचना जारी गरेका छन् ।

यसअघि नै सो स्थानमा पुगेका पर्यटकहरुलाई सहजीकरणका निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकालीसहितको टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरि उक्त मार्गतर्फ गइरहेकाे छ।

आवश्यक सहयोग तथा सूचनाको लागि प्रहरी कन्ट्रोल १०० तथा नजिकको प्रहरी र अन्नपूर्ण गाउँपालिका जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताइएकाे छ।

सम्पर्क गर्न सकिने व्यक्तिहरुः
अन्नपूर्ण गाउँपालिका अध्यक्ष: ९८५७६२७८२४
अन्नपूर्ण वडा नं. ४ का वडाअध्यक्ष: ९८६७६३९९५९
स्थानीय उद्धारकर्मी इन्द्र शेरचन: ९८५७६४०२४६

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ११, मंगलवार ०५:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP