• २०८३ असार ३२ | Thu, 16 Jul 2026

जेनजी आन्दोलनका क्रममा काभ्रेमा लुटपाट र आगजनी गर्ने ७ जना पक्राउ (सूचीसहित)

जेनजी आन्दोलनका क्रममा काभ्रेमा लुटपाट र आगजनी गर्ने ७ जना पक्राउ (सूचीसहित)

धुलिखेल । जेनजी आन्दोलनका क्रममा गत भदाै २४ गते काभ्रेका विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेका ७ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन विष्टले काभ्रेमा विभिन्न सरकारी तथा नीजि भवन र सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न ७ जना पक्राउ परेका जानकारी दिएका हुन् ।

पक्राउ पर्नेमा पनौती नगरपालिका ३ का अनिष सापकोटा, पनाैतीकै वडा नम्बर ८ का सुमन केसी, वडा नम्बर १० का साकार केसी रहेका छन् । यस्तै साेही पालिका वडा नम्बर २ का स्यान्जि भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का समिर तामाङ, साेही पालिका वडा नम्बर ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्तान रहेका छन् ।

पनौती–३ का अनिष सापकोटाविरुद्ध यसअघि २०७२ सालमा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । उता बेथानचोकका होमप्रसाद तिमल्सिनाविरुद्ध पनि २०८१ सालमा अभद्र व्यवहार गरेको मुद्दा दर्ता भएको थियाे । यस्तै पनौती–२ का सुवास तामाङविरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको थियाे।

उनीहरुमाथि काभ्रेपलाञ्चाेक जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा ७ दिनको म्याद थप गरि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको हिरासत कक्षमा राखि अनुसन्धान भइरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १४, शुक्रबार १५:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP