• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

नेप्सेमा हरियाली, ३० अंककाे बृद्धि

नेप्सेमा हरियाली, ३० अंककाे बृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज उच्च बृद्धि भएको छ। नेप्से ३०.७५ अंकले बढेको हो । यससँगै ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैंयाँको कारोबार भएकाे छ।

नेप्सेमा आज कारोबार भएकामध्ये २०५ वटा कम्पनीको शेयर मूल्य बढेकाे छ। ४२ वटा कम्पनीको मूल्य घट्दा नेप्से परिसूचक २ हजार ६३१.१४ बिन्दुमा पुगेको छ। आज ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेकाे छ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाएका छन् । खानीखोला हाइड्रोपावरको शेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए। आज नेप्सेमा व्यापार समूहको उपसूचकबाहेक सबै उपसूचक हरियाली बनेको छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १६, आईतवार ०९:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP