• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

बनेपामा शुरु भयाे ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री श्वेतकाली देवी नाच

बनेपामा शुरु भयाे ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री श्वेतकाली देवी नाच

काभ्रेपलाञ्चोक । बनेपामा बिहीबारदेखि परम्परागत–ऐतिहासिक तथा धार्मिक महत्व बाेकेको १२ वर्षे श्री श्वेतकाली देवी (नरदेवी) नाच शुरु भएकाे छ । प्रत्येक १२ वर्षमा आयोजना हुने यस नाच बनेपा नगरको ऐतिहासिक लायकु डबलीमा शनिबारसम्म सञ्चालन हुनेछ ।

जात्रा व्यवस्थापन समितिका अनुसार भक्तपुरबाट विधिवत रूपमा बनेपामा देवीको प्रस्थान गराई बिहीबार दिउँसो बनेपाको लायकु गणेशस्थानमा ल्याइएकाे थियाे ।

परम्परागत नाचगुठीको नेतृत्वमा सम्बन्धित गुठीयार, परम्परागत ङत त्वाः समाजका सदस्य तथा स्थानीयको सक्रियतामा नाच सञ्चालन गरिने समितिका संयोजक एवं वडानम्बर ८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धरले जानकारी दिनुभयाे । उहाँका अनुसार नाच साँस्कृतिक बाजागाजासहित मङ्गल यात्रापछि देवीलाई लायकु डबलीमा प्रवेश गराइ बिहीबार मध्यरातसम्म परम्परागत शैलीका विभिन्न देवी नाच प्रस्तुत गरियाे ।

बाह्र वर्षमा एकपटक काठमाडौँको नरदेवी, हनुमानढोका दरबारको तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक, बसन्तपुर, ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपाको लायकु डबलीमा श्री श्वेतकाली देवी नाच सञ्चालन गरिने परम्परा छ । यही अनुसार बनेपामा पनि देवी नाच शुरु भएकाे हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २१, शुक्रबार ०१:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP