काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २०.५६ अङ्कले घटेकाे छ। यससँगै परिसूचक २ हजार ५४४.५९ बिन्दुमा झरेको छ।
आज ४९ कम्पनीको शेयर मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर छ।
बुधबार ३२१ कम्पनीको ८४ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
जसमध्ये सबैभन्दा धेरै एनआरएन इन्फ्राइस्ट्रक्चर ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, राधी विद्युत कम्पनीको २२ करोड, साहस ऊर्जाको १४ करोड, युनियन हाइड्रो पावरको १३ करोड र शिवम सिमेन्टको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रतिक्रिया