• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपालका ज्योतिष भट्टराई सम्मानित

अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपालका ज्योतिष भट्टराई सम्मानित

राजस्थान । अन्तर्राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन भारतको राजस्थानस्थित कोटामा सम्पन्न भएको छ। साे सम्मेलनमा ज्योतिष पण्डित प्रमोद भट्टराई (अथर्व ज्योतिष गौरव सम्मान) द्वारा सम्मानित हुनु भएको छ।

नेपालका प्रतिनिधि ज्योतिष पण्डित भट्टराई ज्योतिष गौरव सम्मानद्वारा सम्मानित हुनु भएको हाे । कार्यक्रममा भारतका विभिन्न ज्योतिषविद्हरुलाई पनि सम्मान गरिएको थियो।

भारतीय जनता पार्टीका नेता तथा कृषिमन्त्री हिरालाल नगरले कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे । ज्योतिषहरुको भेलामा आफू उपस्थित हुन पाएकोमा गर्व गर्दै उहाँले यस्ता कार्यक्रमले धर्म र संस्कारहरुको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

अन्तर्राष्ट्रिय सम्मेलन भारतको राजस्थान स्थित कोटामा यही नोभेम्बर १५ र १६ तारिखमा भएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १, सोमबार ०१:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP