• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आजदेखि बनेपाबाट च्याम्राङ्गबेशी हुँदै हेटौंडासम्म बस सेवा सञ्चालनमा

आजदेखि बनेपाबाट च्याम्राङ्गबेशी हुँदै हेटौंडासम्म बस सेवा सञ्चालनमा

काभ्रे । बनेपा–च्याम्राङ्गबेशी हुँदै बागमती प्रदेशको राजधानी हेटौंडातर्फ बस सेवा सञ्चालनमा आएको छ। काभ्रे पुन्यवती यातायात प्रालिले यस रुटमा बस सेवा सञ्चालनकाे स्विकृती पाएकाे हाे ।

साेमबारदेखि औपचारिकरूपमा सञ्चालनमा आएकाे बसले बनेपा, पनौती, ढुंखर्क, च्याम्राङ्गबेशी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरबारी, हात्तीसुँड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौंडासम्म नियमित सेवा दिनेछ।

बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेशीलाई केन्द्र मानेर सञ्चालनमा आएको यो बस सेवाले काभ्रे र हेटौंडाबीचको आवतजावत थप सहज बनाएको छ।

स्थानीयबासीको माग र बेथानचाेक गाउँपालिका वडानम्बर १ काे सिफारिसपछि बस सेवा सञ्चालनमा आएको वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १, सोमबार १०:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP