• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषधका काराेबारी बढ्दै, आज थप आठ जना पक्राउ

अवैध लागूऔषधका काराेबारी बढ्दै, आज थप आठ जना पक्राउ

काठमाडौँ । काठमाडौँकाे टोखा नगरपालिका-९ गोंगबुस्थित होटल ग्रिन प्यालेसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्रामसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा होटल संचालक नुवाकोट पञ्चकन्या गाउँपालिका-५ घर भएका २४ वर्षीय सन्तोष श्रेष्ठ र काठमाडौं तारकेश्वर नगरपालिका-४ लोलाङ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका घर भएका २४ वर्षीय भीमकुमार तामाङ रहेका छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले होटलको २०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ६ सय ७० मिलिग्रामसहित सोही महानगरपालिका-१३ बस्ने २७ वर्षीय रोजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-२० भञ्ज्याङबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्रामसहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी नगरपालिका-९ बस्ने खडगबहादुर मगराती, २८ वर्षीय प्रशासन राई, २४ वर्षीय भुमिराज विक तथा १८ वर्षीय र १७ वर्षीय २ जना किशोर रहेका छन् ।

अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरीले को.१ झ २१७८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक खडग बहादुरसमेत ५ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ८, सोमबार १२:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP