• २०८३ भाद्र १३ | Sat, 29 Aug 2026

रसुवा भोटेकोशी बाढी : ६१६ शव फेला, खाेज तथा उद्धारका लागि ४ हजार ८११ प्रहरी परिचालन

रसुवा भोटेकोशी बाढी : ६१६ शव फेला, खाेज तथा उद्धारका लागि ४ हजार ८११ प्रहरी परिचालन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा भदाै १० गते आएको बाढीका कारण भएको जनधनको क्षति तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीको पछिल्लो अपडेटअनुसार ४ हजार ८११ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढीपछि हालसम्म सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको संख्या २७ जना रहेको जनाइएको छ ।

बाढी तथा विपद्का घटनामा हालसम्म ६१६ जनाको शव फेला परेको विवरणमा उल्लेख छ । फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४५, गोरखामा ४८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१, नवलपरासी पूर्वतर्फ १५८ र नवलपरासी पश्चिमतर्फ ४७ जनाको विवरण रहेको छ ।

त्यस्तै, बाढीबाट प्रभावित २ हजार ३०१ जना घाइते तथा उद्धार गरिएको विवरण सार्वजनिक गरिएको छ । त्यसमध्ये रसुवामा ६७६, नुवाकोटमा १ हजार ६२२ र धादिङमा ३ जनाको विवरण रहेको छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या १४० जना रहेको पनि अपडेटमा उल्लेख छ ।

प्रहरी तथा अन्य सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन् । सम्पर्कविहीन व्यक्तिको खोजी तथा प्रभावित नागरिकको उद्धारलाई प्राथमिकतामा राखिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १३, शनिबार ०९:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP