• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १३ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १३ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट आज पनि थप १३ जनालाई पक्राउ गरेकाे छ ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४० ट्याब्लेटसहित लमजुङ मर्स्याङ्दी गाउँपालिका-८ बस्ने ३१ वर्षीय सन्तोष गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे। अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३.००१ ख १६८३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध चरेस २ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका-४ बस्ने १९ वर्षीय श्रीलाल तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १७७३ नम्बरको माईक्रो बसमा सवार उनलाई उक्त चरेससहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ जरूवाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने २० वर्षीय सागर स्याङतानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिरहा, सिरहा नगरपालिका-२१ पिपरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय महेश्वर सहनी र सोही नगरपालिका-१ बस्ने २२ वर्षीय भरतकुमार यादव रहेका छन् । प्रहरी चौकी लकडिगोठबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२३ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानरपालिका-१३ कृष्ण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७६ ग्राम ५ सय मिलिग्रामसहित जहदा गाउँपालिका-१ बस्ने १९ वर्षीय उपेन्द्र यादवसमेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

चितवन, रत्ननगर नगरपालिका-२ स्थित २ नम्बर रोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १ ट्याब्लेट र एनारगन १ सय १ ट्याब्लेटसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २४ वर्षीय डेबिट क्षेत्री र २६ वर्षीय जयकिशन शाह रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र नगद ६ हजार ५५ रूपैयाँसहित सोही महानगरपालिका-२ क्षेत्रपुर डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विदुरप्रसाद उप्रेतीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.३१ प ४२८९ नम्बरको स्कुटरसमेत बरामद गरेको छ ।

यसैगरी चितवन, कालिका नगरपालिका-६ गुरौ चौरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार १ सय २० ट्याब्लेटसहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय गोबिन्द घलेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.२-०३-००७ प ३८५ नम्बरको स्कुटरसमेत बरामद गरेको छ ।

कैलाली, गौरीगंगा नगरपालिका-८ बडैपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय हरेन्द्र भाटलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१३ मोहनपुर बस्ने ३० वर्षीय रूमन चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १०, बुधबार १०:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP