• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आजकाे माैसमः सबै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजकाे माैसमः सबै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

जसले गर्दा कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ । बाँकी भागमा आंशिक बादल लागेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ ।

कोशी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भागका केही स्थानहरूमा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लाग्ने र तराईमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १८, शुक्रबार ००:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP