• २०८३ भाद्र १९ | Fri, 04 Sep 2026

२०८२ मार्ग १३ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

२०८२ मार्ग १३ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल मार्ग १३ गते शनिबार तदनुसार २९ नोभेम्बर २०२५ । नवमी तिथी ३० घडी ३२ पला दशमी तिथी प्रारम्भ हुनेछ । पूर्वभाद्र नक्षत्र ३९ घडी ५९ पला उप्रान्त उतरभाद्र नक्षत्र प्रारम्भ हुनेछ । बज्र योग तैतिल करण आज बिहान सूर्योदय ६:३७ मा र सूर्यास्त साँझ ५:६ मा हुनेछ । आज शनिबार चन्द्रमा कुम्भ राशिमा

मेष राशि
जागिरमा पदोन्नतीको सम्भावना बढेर गएको छ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ । स्वास्थ्यमा सुधार आउनुका साथै दाजुभाइको सरसहयोग पाइने योग छ ।

वृष राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन्। लेखनशैलीमा कमी आउने देखिन्छ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा अनावश्यक विवाद बढेर जाने योग छ ।

मिथुन राशि
गुप्ताङ्गसम्बन्धी समस्याले सताउने योग छ । साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ। सानो कुरामा पारिवारिक कलह बढेर जानेछ । लेखन शैलीमा कमी आउने देखिन्छ । सजग रहनुहोला।

कर्कट राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ। अनावश्यक खर्चमा कमी भएर जानेछ। लेखन शैलीमा तीव्रता आउने योग छ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ ।

सिंह राशि
माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । आफन्तको सहयोगले रोकिएका कामहरु पुनः सञ्चालनमा आउने योग छ। तीर्थस्थलहरूको भ्रमण गरिनुले मनमा खुशी छाउनेछ।

कन्या राशि
काममा ढिला सुस्ती भएर जानेछ। बोलीमा कठोरता आउनेछ। स्थायी सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।

तुला राशि
आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने योग छ । आर्थिक लेनदेनमा विवाद बढेर जानेछ। साथीभाइबाट धोका पाइनुले गरिरहेको काममा समेत वादविवादको सामना गर्नुपर्ने योग छ।

वृश्चिक राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । व्यवसायमा सफलता प्राप्त हुने देखिन्छ। काममा भएको सफलताले मनमा खुसी छाउनेछ। मिष्ठान भोजनको अवसर जुट्ने छ।

धनु राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । बोलीमा माधुर्यता छाउने छ । प्रशासनिक काममा सफलता प्राप्त हुनाले मनमा खुसी छाउने छ । दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। प्रेम गर्ने अवसर जुट्नेछ।

मकर राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। आयमा कमी विद्यामा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ। लेखन शैलीमा कमी आउनुका साथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।

कुम्भ राशि
रोकिएका कामहरू पूरा भएर जाने देखिन्छ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ । नयाँ साथीको आगमनले मनमा खुसी छाउनेछ।

मीन राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। अनावश्यक विवाद बढेर जानेछ। शत्रुपक्षबाट जोगिनुपर्नेछ। लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ। सजग रहनुहोला।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १२, शुक्रबार २३:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP