• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

नेप्से परिसूचक १३.५२ अंकले घट्याे, कति भयाे काराेबार ?

नेप्से परिसूचक १३.५२ अंकले घट्याे, कति भयाे काराेबार ?

काठमाडौँ । बुधबार शेयर बजार परिसूचक नेप्से १३.५२ अंकले घटेकाे छ । यससँगै नेप्से २ हजार ६३१.१७ बिन्दुमा कायम भएको छ। याे हप्ता यस अघिका तीन कारोबार दिनमा पनि नेप्से घटेको थियो ।

आज ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार भने नेप्सेमा ४ अर्ब ४२ करोडमाथिको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको मूल्य बढ्दा १७७ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको मूल्य भने स्थिर छ।

आज पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा फाइनान्स समूहमा सर्वाधिक अर्थात् १.५९ प्रतिशतको सुधार भएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १७, बुधबार ०९:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP