• २०८३ असार ३१ | Wed, 15 Jul 2026

२०८२ मार्ग २८ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

२०८२ मार्ग २८ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल मार्ग २८ गते आइतबार, तदनुसार १४ डिसेम्बर २०२५ । दशमी तिथी ३० घडी २३ पला एकादशी तिथी प्रारम्भ हुनेछ । हस्ता नक्षत्र ३ घडी ५७ पला उप्रान्त चित्रा नक्षत्र प्रारम्भ हुनेछ । सौभाग्य योग बब करण आज बिहान सूर्योदय ६:४८ मा भयो भने सूर्यास्त साँझ ५:९ मा हुनेछ । आज चन्द्रमा कर्कट राशिमा ।

मेष राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। शरीरमा आलस्यता बढेर जाने देखिन्छ। साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्दा मनमा मानसिक तनाव बढेर जानेछ।

वृष राशि
धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ। व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्दा मनमा चिन्ता बढेर जानेछ । आफन्तबाट धोका पाइने छ।

मिथुन राशि
कृषि तथा चौपायाबाट मनग्य लाभ लिन सकिनेछ। पराक्रम बढेर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। हराएको धनमाल भेटाउन सक्ने सम्भावना बढेर गएको छ। पारिवारिक सरसहयोग पाइने योग छ।

कर्कट राशि
अनावश्यक विवादको अन्त्य भएर जाने देखिन्छ । अधुरा कामहरू पूरा भएर जानेछन्। अध्ययन क्षेत्रमा सफलता प्राप्त गर्न सकिनेछ। काममा भएको लगनशीलता र सफलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ ।

सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। आफन्तमा बहिरभाव आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । सजग रहनुपर्ने देखिन्छ।

कन्या राशि
सौन्दर्यतामा मन जाने देखिन्छ। मिष्ठान भोजनको अवसर जुट्नेछ। स्थानान्तरणको योग रहेको छ। मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ।

तुला राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। साझेदारी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। वैदेशिक यात्राको अवसर जुट्ने देखिन्छ। लेखन शैलीमा कमी आउने छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ ।

वृश्चिक राशि
धार्मिक कार्यमा सहभागी भइनेछ। सामाजिक काममा सफलता प्राप्त गर्न सकिनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। पठनपाठनमा सफलता पाइनुले सबैको विश्वाससिलो भइने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ।

धनु राशि
बोलीको प्रभाव बढेर जानेछ। नयाँ कार्यको थालनी हुनेछ। आर्थिक लेनदेनमा वृद्धि भएर जानुका साथै पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ।

मकर राशि
अनावश्यक खर्चमा वृद्धि भएर जानेछ । लेखनशैलीमा कमी आउनेछ। शारीरिक अस्वस्थता बढेर जाने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला । साझेदारी काममा वादविवाद आउनाले मनमा चिन्ता बढेर जानेछ।

कुम्भ राशि
मानसम्मान प्राप्त हुनेछ । व्यापार व्यवसायमा सफलता पाइने योग छ। शत्रुपक्षबाट तपाईंको जित हुने देखिन्छ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।

मीन राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। लेखन शैलीमा तीव्रता आउनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २८, आईतवार ०१:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP