• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

२०८३ साउन १८ गते सोमबार, यस्तो छ आजको राशिफल

२०८३ साउन १८ गते सोमबार, यस्तो छ आजको राशिफल

काठमाडौँ । २०८३ साउन १८ गते सोमबार, तदनुसार ३ अगस्ट २०२६ । यस्ताे छ आजकाे राशिफलः
मेष
मनमा लागेको कुरा सुरु गर्न आजको दिन शुभ छ । आफन्तको विश्वासले हौसला थप्नेछ । थोरै मिहेनतले पनि राम्रो उपलब्धि हात पर्न सक्छ ।
वृष
लामो समयदेखि भेट नभएका व्यक्तिहरूसँग संवाद हुँदा मन खुसी रहनेछ । हतारमा बोल्नुभन्दा शान्त रहनु बेस हुनेछ । घरमा रमाइलो कुराकानी हुनेछ ।
मिथुन
सानो प्रयासले पनि राम्रो फल दिनेछ । मनपर्ने कामका लागि समय निकाल्न सक्नुहुनेछ । नयाँ कुरा जान्ने जिज्ञासाले नयाँ ढोका खोल्नेछ ।

कर्कट
पुराना कुराहरूको सम्झनाले अनुहारमा मुस्कान ल्याउनेछ । आफ्ना कामहरू क्रमैसँग गर्नुहोला । घरमा गरिने साना परिवर्तनले मनमा नयाँपन ल्याउनेछ ।
सिंह
अरूलाई हौसला दिँदा आफूमा पनि नयाँ ऊर्जा थपिनेछ । लामो समयदेखि रोकिएको काम अगाडि बढ्न सक्छ । तपाईंको बोली र व्यवहारले धेरैको मन छुनेछ ।

कन्या
धेरै सोच्दा अलमल हुन सक्छ, त्यसैले सरल बाटो रोज्नु नै राम्रो हुनेछ । थन्किएर बसेका कामहरू आज एक–एक गरेर सकिनेछन् ।
तुला
प्रिय व्यक्तिसँगको भेट वा सन्देशले दिनलाई विशेष बनाउनेछ । रुचिको काम गर्दा मनमा नयाँ उत्साह थपिनेछ ।
वृश्चिक
मनको अन्योल हटेपछि निर्णय लिन सजिलो हुनेछ । सानो परिवर्तनले दैनिकी सहज बनाउनेछ । रोकिएका कुराहरू आफैं खुल्दै जानेछन् ।

धनु
नयाँ अनुभवबाट सिकेका कुराहरू चाँडै काम लाग्नेछन् । हाँसो र खुसीमा समय बित्नेछ । फरक ठाउँ वा वातावरणले मनमा ताजापन ल्याउनेछ ।
मकर
परिवारका सदस्यसँग कुरा गर्दा मन हलुका हुनेछ । सानो उपलब्धिले जाँगर थप्नेछ । धैर्य गरेर राखेको कामले आज राम्रो प्रतिफल दिनेछ ।

कुम्भ
सिर्जनशील काममा समय दिँदा आफ्नो क्षमता अझ राम्ररी चिन्न सकिनेछ । मनमा आएका नयाँ सोच र आइडियाहरूलाई नरोक्नुहोला ।
मीन
पुराना सम्झना र नयाँ चाहनाले भोलिको बाटो देखाउनेछ । परिवारसँग बिताएको समय विशेष रहनेछ । मनले खोजेको शान्ति आफ्नै वरिपरि भेट्नुहुनेछ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १८, सोमबार ०८:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP