काठमाडौँ । ०८२ साल माघ १२ गते सोमबार तदनुसार २६ जनवरी २०२६ । अष्टमी तिथी ३० घडी ०२ पला उप्रान्त नवमी तिथी प्रारम्भ हुनेछ । अस्विनी नक्षत्र ९ घडी ३९ पला उप्रान्त भरणी नक्षत्र प्रारम्भ हुनेछ । साध्य योग भर करण आज बिहान सूर्योदय ६:५५ मा र सूर्यास्त साँझ ५:३८ मा हुनेछ । आज सोमबार चन्द्रमा मेष राशिमा ।
मेष राशि
कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्ने योग छ। आयआर्जनमा वृद्धि भएर जानेछ। अध्ययन अध्यापनमा सफलता पाइने योग छ। बोलीमा मिठास छाउनेछ। आकस्मिकरुपमा धन लाभ मिल्नेछ।
वृष राशि
कुरा काट्नेहरु सक्रिय रहनेछन् । पैत्रिक सम्पत्तिमा विवाद बढेर जानेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। जग्गा जमिनसम्बन्धी काममा विवाद आउने हुँदा सजगताका साथ अगाडि बढ्नुहोला।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। दाजुभाइको सरसहयोगले आकस्मिकरुपमा धनलाभ मिल्ने देखिन्छ। मानसम्मानमा वृद्धि भएर जानेछ । साझेदारी कामबाट लाभ लिन सकिने देखिन्छ।
कर्कट राशि
मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ। बोलीमा कठोरता आउने देखिन्छ। पैत्रिक सम्पत्तिमा विवाद बढेर जानेछ । लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ।
सिंह राशि
परिवारमा अनावश्यक विवाद बढेर जानेछ । आफन्तमा बहिरभाव आउने देखिन्छ। गरिरहेको काममा बाधा आउने योग छ । झुटा आरोपको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जानेछ।
कन्या राशि
अध्ययनमा सफलता पाइने योग छ। सामाजिक काममा समय व्यतीत भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । व्यापार व्यवसायमा सफलता पाइने योग छ। प्रेम गर्ने अवसर जुट्नेछ।
तुला राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने देखिन्छ। लेखन शैलीमा तीव्रता आउनुका साथै पतिपत्नीबीच माधुर्यता छाउने छ।
वृश्चिक राशि
आयमा कमी आउनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। लामो समयदेखि चल्दै आएको काममा बाधा आउनेछ। मानसम्मानमा आघात पुग्नुका साथसाथै राज्यपक्षबाट समेत कष्टता पाइने योग छ ।
धनु राशि
झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक विवाद बढेर जाने योग छ। आफन्तमा अनावश्यक विवाद बढेर जानेछ। अरुले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ।
मकर राशि
कृषि तथा चौपायाबाट मनग्य लाभ लिन सकिनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। व्यापार व्यवसायमा सफलता पाइनुका साथै लामो दुरीको यात्राको अवसरसमेत जुट्नेछ।
कुम्भ राशि
सौन्दर्यतामा मन जानेछ । प्रेमीप्रेमिकाबीच माधुर्यता छाउनेछ। आकस्मिकरुपमा धन लाभ मिल्नेछ। शत्रु पक्षबाट तपाईंकै जित हुनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।
मीन राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग छ। अनावश्यकरुपमा वादविवाद बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुका साथै वैदेशिक कार्यमा समेत बाधा आउने देखिन्छ।
प्रतिक्रिया