• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

०८२ साल माघ २३ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल माघ २३ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

काठमाडाैँ । ०८२ साल माघ २३ गते शुक्रबार तदनुसार ६ फेब्रुवरी २०२६ । पन्चमी तिथी ५० घडी ०६ पला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ । हस्ता नक्षत्र ४८ घडी २१ पला उप्रान्त चित्रा नक्षत्र प्रारम्भ हुनेछ । धृति योग कौलव करण आज बिहान सूर्योदय ६:५० मा र सूर्यास्त साँझ ५:४७ मा हुनेछ । आज शुक्रबार चन्द्रमा कन्या राशिमा ।

मेष
अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ। पेटसम्बन्धी समस्याले सताउने देखिन्छ । आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुपर्नेछ। अर्काले गरेका गल्तीको पनि आफूले सजायँ भोग्नुपर्दा मनमा चिन्ता बढेर जानेछ। धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ।

बृष
आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने योग छ। गरिरहेको काममा अपजसको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ। शारीरिक आलस्यता बढ्नेछ । सजगताका साथ अगाडि बढ्नुहोला।

मिथुन
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ। लेखन शैलीमा तीव्रता आउनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। नयाँ कार्यको थालनी हुनेछ ।

कर्कट
बोलीको प्रभाव बढेर जानेछ । आकस्मिकरुपमा धनलाभ मिल्ने देखिन्छ। काममा भएको लगनशीलता र सफलताले गर्दा ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। प्रेम गर्ने अवसर जुट्नेछ। आयमा वृद्धि भएर जानेछ।

सिँह
मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । सञ्चित धनको नाश हुनुका साथसाथै मुद्दा मामिलामा समेत फसिन सक्ने योग छ ।

कन्या
कृषि तथा पशु चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। व्यापार व्यवसायमा थप लगानी बढ्ने योग छ। सौन्दर्यमा मन जानुका साथसाथै पतिपत्नीबीच माधुर्यता छाउने छ। मानसम्मानमा वृद्धि भएर जानेछ।

तुला
पारिवारिक मनमुटावको सिर्जना हुने देखिन्छ। अध्ययन अध्यापनमा असफलता पाइने योग छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सञ्चित धनको नाश हुनुका साथसाथै धनमालसमेत हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ ।

बृश्चिक
अनावश्यक विवादको अन्त्य भएर जानेछ। आयार्जनमा वृद्धि भएर जानेछ। मुद्दा मामिलामा तपाईंकै जित हुनुका साथसाथै आफन्तको सहयोगले लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउने छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।

धनु
व्यापार व्यवसायमा घाटा भएर जाने देखिन्छ। सञ्चित धनको नाश हुने योग छ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ। जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ। सजगताका साथ अगाडि बढ्नुहोला ।

मकर
जग्गा जमिनसम्बन्धी काममा बाधा आउने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने योग छ। साझेदारी जग्गा जमिनको काममा विवाद आउने देखिन्छ । पठनपाठनमा बाधा आउने योग छ । मानसिकरूपमा समेत तनाव बढेर जानेछ।

कुम्भ
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । आकस्मिकरुपमा धन लाभ मिल्नाले सबैको प्यारो बनिनेछ। मानसम्मानमा वृद्धि भएर जानेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।

मीन
इलेक्ट्रिकसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ। जागिरमा पदोन्नतिको सम्भावना प्रबल मात्रामा बढेर गएको छ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत हुनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २३, शुक्रबार ००:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP