• २०८३ भाद्र १९ | Fri, 04 Sep 2026

एमालेका कृष्णबहादुर राईद्वारा राजधानी विशेष प्रदेश खुल्लाबाट केन्द्रीय सदस्यमा उम्मेद्बारी

एमालेका कृष्णबहादुर राईद्वारा राजधानी विशेष प्रदेश खुल्लाबाट केन्द्रीय सदस्यमा उम्मेद्बारी

काठमाडाैं । पूर्व सांसद कृष्णबहादुर राईले राजधानी विशेष प्रदेश खुल्लाबाट नेकपा एमालेको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्बारी दिएका छन् । उनले सबै मतदातामा अनुरोध गर्दै एमालेलाई अझ सशक्त बनाउन आफूलाई विजयी गराउन अनुरोध गरे ।

२०२६ भदौमा काठमाडौंको जोरपाटीमा जन्मिएका कृष्णबहादुर राई पत्रकारिता तथा आम सञ्चारका स्नातकोत्तर हुन् । २०४१ सालमा अखिल पाँचौंको सदस्यता लिएर राजनीतिक सक्रियता बढाएका उनी २०५१ मा नेकपा (एमाले)को काठमाडौं जिल्ला कमिटी सदस्य र २०७२ मा अध्यक्षमा निर्वाचित भए ।

पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पटक–पटक पक्राउ र जेल पनि परेका उनले काठमाडौं जिल्ला कमिटी सदस्य रहेका बेला २०५४ सालमा तत्कालीन जोरपाटी गाविस उपाध्यक्षमा निर्वाचित भएर काम गरे ।

देशका दुई ठूला वाम पार्टी एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन भएको २०७४ सालको संघीय संसदको निर्वाचनमा राईले काठमाडौं–३ बाट टिकट पाएर जिते पनि । त्यसलगत्तै माओवादी केन्द्र एमालेमा समाहित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बन्ने मौका पनि पाए ।

दशाैँ महाधिवेशनपछि एमालेका पाेलिटव्युराे सदस्य बनेका उनी ठूलै राजनीतिक भविष्य बाेकेका बैचारिक युवा नेता हुन् । उनलाई सबैले सरल, शालिन र निष्ठावान नेताका रूपमा चिन्छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १, मंगलवार ००:०८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP