• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

रासायनिक मलकाे सहज आपूर्तिकाे माग राख्दै नालाका किसानद्वारा साल्ट ट्रेडिङकाे ध्यानाकर्षण (भिडियाे)

रासायनिक मलकाे सहज आपूर्तिकाे माग राख्दै नालाका किसानद्वारा साल्ट ट्रेडिङकाे ध्यानाकर्षण (भिडियाे)

बनेपा । कृषि उत्पादनकाे उर्भर भूमी बनेपा नगरपालिका वडानम्बर १ नालाका किसानले खेती गर्ने मूख्य सिजनमा रासायनिक मल नपाएकाे गुनासाे गरेका छन् ।

करिब ७०० जना किसानका लागि साल्ट ट्रेडिङ कर्पाेरेशनले जम्मा १७० बाेरा मल मात्र पठाएपछि किसानले मलकाे अभाव खेप्नुपरेकाे उनीहरुले बताए ।

मलकाे सहज आपूर्तिकाे माग गर्दै बिहीबार साे क्षेत्रका करिब १५ जना किसानहरुकाे टाेलीले साल्ट ट्रेडिङ कर्पाेरेशन बनेपाका प्रमुख ईश्वर आचार्यलाई भेटेर ध्यानाकार्षणपत्र बुझाएका छन् । उनीहरुले सहुलियतकाे मल पाउनु पर्ने माग गरेकाे किसान प्रतिनिधि गाेवर्धन थापाले जानकारी दिनुभयाे ।

यस विषयमा साल्ट ट्रेडिङबाट आश्वासन पाइएकाे तर मल पाउनका लागि केही दिन लाग्न सक्ने उहाँ बताउनु हुन्छ । यदि यसाे गर्दा पनि मल पाइएन भने किसानहरु थप दबाबमुलक कार्यक्रमका साथ अघि बढ्ने उहाँकाे भनाइ छ । झण्जटिलाे कोटा प्रणालीका कारण मल सहज हुन नसकेको जानकारी पाइएकाे थापा बताउनुहुन्छ ।

भिडियाेः



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ३, बिहीबार १३:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP