बनेपा । २०८२ साल पौष ९ गते बुधबार तदनुसार २४ डिसेम्बर २०२५ । चतुर्थी तिथी १० घडी २० पला उप्रान्त पञ्चमी तिथी प्रारम्भ हुनेछ । धनिष्ठा नक्षत्र ५८ घडी ५१ पला उप्रान्त शतभिषा नक्षत्र प्रारम्भ हुनेछ । हर्षण योग बयब करण आज बिहान सूर्योदय ६:५३ मा र सूर्यास्त साँझ ५:१३ मा हुनेछ । आज बुधबार चन्द्रमा मकर राशिमा ।
मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउने देखिन्छ ।दाजुभाइमा अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । कृषि तथा चौपायबाट घाटा व्यहोर्नु पर्दा मनमा चिन्ता बढेर जानेछ ।
वृष राशि
गरिरहेको काममा बाधा आउने योग छ । शैक्षिक क्षेत्रमा कमी आउने योग छ । परिवारमा असमान्जस्य बालविवादको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनुका साथै धनमाल हराउन सक्ने देखिन्छ ।
मिथुन राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। बोलीमा मिठास छाउनेछ। नयाँ कार्यको थालनी हुने अवसर जुट्नेछ।
कर्कट राशि
बोलीको प्रभाव बढेर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। प्रेमि-प्रेमिकाबीच माधुर्यता छाउनेछ। आर्थिक लेनदेनमा सुधार भएर जानाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
सिंह राशि
अनावश्यक खर्चको मात्रा बढेर जानेछ। गरिरहेको काममा बाधा आउनुका साथै विश्वास गरेका आफन्तबाट धोका पाइने योग छ। अनावश्यक विवाद बढेर जाने देखिन्छ ।पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
मुद्दा मामिलामा फसिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ।
तुला राशि
पारिवारिक समस्याहरू समाधान भएर जानेछन् । धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ। नयाँ साथीको आगमनले मनमा उत्साह उमङ्ग बढेर जानुका साथै मिष्ठान्न भोजनको अवसर मिल्नेछ।
वृश्चिक राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ। न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ ।आयमा वृद्धि भएर जानुका साथै पुराना साथीसँग भेट हुनाले मनमा खुसी छाउनेछ।
धनु राशि
काममा ढिला सुस्ती भएर जानेछ । नशासम्बन्धी समस्याले सताउने देखिन्छ । जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्ने योग छ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ ।
मकर राशि
राम्रै आम्दानी गर्न सकिनेछ। भूमिसम्बन्धी कामबाट लाभ लिन सकिने देखिन्छ । मानसम्मान वृद्धि हुनुका साथै पठनपाठनमा प्राप्त सफलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ ।
कुम्भ राशि
पेशागत झैझगडामा पर्न सक्ने योग रहेको छ। सानो कुरामा पनि वादविवादको सामना गर्नुपर्ने योग छ। लेखन शैलीमा कमी आउने देखिन्छ । पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने योग छ।
मीन राशि
आर्थिक उन्नतिका बाटाहरू खुल्न थाल्ने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। पशु तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिने योग छ । विद्यार्थी क्षेत्रमा सुधार भएर जानाले मनमा खुशी छाउने देखिन्छ ।
प्रतिक्रिया