• २०८३ असार ३० | Tue, 14 Jul 2026

नेताहरुमा चाहिने सस्ताे मिडियाबाजी कि राजनीतिक संस्कार ?

नेताहरुमा चाहिने सस्ताे मिडियाबाजी कि राजनीतिक संस्कार ?

  • श्याम शर्मा एल.सि

सिन्धुपाल्चोक। हिजाेआज नेताहरुमा मिडियाबाजीलाई नै राजनीतिक योग्यताको मापदण्ड बनाउने प्रवृत्ति बढ्दै गएको देखिन्छ। कुनै व्यक्तिले पार्टी छोड्ने, अर्को पार्टीबाट उम्मेद्वारी दिने, अनि त्यसैलाई ठूलो “ब्रेकिङ न्युज” बनाइने तर राजनीति वास्तवमा के हो ? यसको मूल्य, संस्कार र जिम्मेवारी के हो भन्ने विषयमा गम्भीर बहस भने कमै मात्र भएकाे देखिन्छ ।

राजनीति केवल गाली, आरोप प्रत्यारोप र मिडियामा फन्डा मच्चाउने कला मात्र होइन । राजनीतिक संस्कार नबुझी अरूलाई होच्याउने, मिडियाको प्रयोग गरेर क्षणिक लोकप्रियता बटुल्ने प्रवृत्तिले देशलाई न विकास दिन सक्छ, न निकास नै । यस्ता गतिविधिबाट पैदा हुने अपेक्षा के हो भन्ने प्रश्न आज आम नागरिकले सोध्न थालेका छन् ।

मिडियाबाजीले चिनिएका अनुहारहरू क्षणभर चर्चामा त आउलान्, तर देश निर्माण यतिले पुग्दैन । यसका लागि दीर्घकालिन प्रतिबद्धता, इमानदारिता र सेवा भावबाट मात्र सम्भव हुन्छ । वास्तविक विकास त ती व्यक्तिहरूबाट आउँछ, जो मिडियाको चमकभन्दा टाढा रहेर धुलो–माटोभित्र पस्दै समाजका समस्या बुझ्छन्, समुदायसँगै हिँड्छन्, र निरन्तर सामाजिक कर्ममा लागिरहेका हुन्छन् ।

आज देशलाई आवश्यक नेता भनेका भाषण र प्रचारमा सिमित होइनन्, विकास र निकास दिन सक्ने दृष्टि भएका व्यक्तिहरू हुन् । समाज परिवर्तन नाराबाट होइन, कर्मबाट हुन्छ । त्यसैले, मिडियाबाजीबाट चिनिएका पात्रभन्दा पनि मौन तर समर्पित सामाजिक अभियन्ता, इमानदार कर्मयोगी र जरा गाडेर काम गर्ने व्यक्तिहरूबाट नै समाज र राष्ट्रको वास्तविक रूपान्तरण सम्भव छ।

अब फेरि समय आएको छ । चमकधमक होइन, चरित्र हेरौँ प्रचार होइन, परिणाम खोजौँ र मिडियाबाजी होइन वास्तविक राजनीतिक संस्कार र सेवाभावलाई प्राथमिकता दिऔँ । यही बाटोले मात्र देशलाई सही अर्थमा विकास र स्थायित्वको दिशातर्फ लैजान सक्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ४, आईतवार १३:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP