पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल ३२ हजार ४०७ जना मतदाता रहेका छन् । जसमा सबैभन्दा धेरै वडानम्बर १२ मा ३ हजार ७९५ मतदाता छन् भने सबैभन्दा कम वडानम्बर ७ मा १ हजार ८३८ जना रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेले दिएको जानकारी अनुसार वडानम्बर १ को कालिका मावि, कोट्याङ केन्द्रमा १ हजार २९६ मतदाता रहेका छन् । सोही वडाको ज्ञानेश्वरी मावि, केन्द्रमा १ हजार १९७ जना मतदाता छन् । वडानम्बर २ को बालप्रतिभा आधारभूत विद्यालय, अनेकोट केन्द्रमा ३ हजार १७८ जना, वडानम्बर ३ को सर्वमंगला मावि केन्द्रमा २ हजार २६ जना मतदाता रहेका छन् ।
यस्तै वडानम्बर ४ को दुग्देश्वरी मावि, केन्द्रमा २ हजार ३४८ जना, वडानम्बर ५ को वडा कार्यालय केन्द्रमा १ हजार ९५१ र वडानम्बर ६ को जोरपाटी मावि, तिनपिप्ले केन्द्रमा १ हजार ६४० तथा सोही वडाको भमरकोट हिमालय आधारभूत विद्यालय केन्द्रमा १ हजार ८९८ मतदाता रहेको तथ्यांक छ ।
पाँचखालको वडानम्बर ७ स्थित नारायणस्थान आधारभूत विद्यालय केन्द्र होक्सेमा १ हजार ८३८, वडानम्बर ८ को जनता मावि केन्द्रमा १ हजार ४५९, सोही वडाको सून्दर सूर्योदय आधारभूत विद्यालय, खर्कडाँडा केन्द्रमा ७१४ मतदाता रहेका छन् ।
यस्तै वडानम्बर ९ को पलाञ्चोक भगवती मावि केन्द्रमा २ हजार ७८१, वडानम्बर १० स्थित राधाकृष्ण आधारभूत विद्यालय, केन्द्रमा १ हजार ८६४, वडानम्बर ११ को गंगादेवी प्रावि, केन्द्रमा १ हजार १८९ र सोही वडाको भगवती मावि, केन्द्रमा १ हजार २९२ जना रहेका छन् ।
नगरपालिकाकै सबैभन्दा धेरै मतदाता रहेको वडानम्बर १२ को आजाद मावि, वालुवा केन्द्रमा १ हजार ७६२ तथा सोही वडाको भुवनेश्वरी आधारभूत केन्द्रमा २ हजार ६३ जना मतदाता रहेका छन् भने वडानम्बर १३ को श्रीराम मावि, कोशीदेखा केन्द्रमा १ हजार ९४१ जना मतदाता रहेका कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ । यस पालिकामा १८ मतदानस्थलमा ३८ वटा केन्द्र रहेका छन् ।
यस निर्वाचनमा भाग लिन पाउने जिल्लामा कुल संख्या ३ लाख २६ हजार ६११ मतदाता रहेका छन् । जसमा पुरुषको संख्या १ लाख ६७ हजार ४९९, महिलाको संख्या १ लाख ५९ हजार ११० र अन्य २ जना रहेका छन् । जिल्लाका दुई क्षेत्रमा यसपटक क्षेत्रनम्बर १ मा १८ र क्षेत्र नम्बर २ मा २४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले जानकारी दिएको छ ।
र याे पनि
प्रतिनिधिसभा निर्वाचनः काभ्रेको मण्डनदेउपुरमा कुन वडामा कति मतदाता ? (पूरा विवरण)
प्रतिक्रिया