• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, कसले पाए कति मत ?

राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, कसले पाए कति मत ?

काठमाडौँ । राष्ट्रियसभा सदस्यकाे १८ पदका लागि आइतबार सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

जसमा नेपाली कांग्रेसका ९ जना उम्मेद्वार विजयी हुँदा नेकपा एमालेले ८ स्थानमा जीत हात पारेकाे छ । यस्तै लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) ले एक स्थानमा जीत हात पारेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

याे परिणामपछि राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो दल बनेकाे छ । नेपाली कम्युनिष्ट पार्टीले कुनै जीत हात नपारे पनि विगतका १८ सिटसहित दोस्रोमा छ । त्यस्तै नेकपा एमाले ११ सिटसहित तेस्रो स्थानमा छ । राष्ट्रिय जनमोर्चाकाे १ जना सांसद छन् ।

चक्रीय प्रणालीमा परिवर्तन हुने राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुनेछ । राष्ट्रिय सभामा कुल ५९ सदस्य रहन्छन् । जसमा राष्ट्रपतिले ३ जना मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभाको १८ सिटको चुनावमा कहाँ बाट को निर्वाचित भए ?

#कोशी प्रदेश;
१. सुनिलबहादुर थापा (निर्विरोध निर्वाचित), नेपाली कांग्रेस
२. रोशनी मेचे, नेकपा एमाले
३. सोमनाथ पोर्तेल, नेकपा एमाले

#मधेश प्रदेश
१. धमेन्द्र पासवान, नेपाली कांग्रेस
२. रञ्जित कर्ण, नेपाली कांग्रेस
३. महन्थ ठाकुर, लोसपा
४. रेखाकुमारी झा, नेकपा एमाले

#बागमती प्रदेश
१. गीता देवकोटा, नेपाली कांग्रेस
२. प्रेमप्रसाद दंगाल, नेकपा एमाले

#गण्डकी प्रदेश
१. सम्झना देवकोटा, नेकपा एमाले
२. जगत तिमिल्सिना, नेपाली कांग्रेस

#लुम्बिनी प्रदेश
१. बासुदेव जंगली, नेपाली कांग्रेस
२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
३. रामकुमारी झाँक्री, नेकपा एमाले

#कर्णाली प्रदेश
१. ललितजंग शाही, नेपाली कांग्रेस
२, मीनासिंह रखाल, नेकपा एमाले

#सुदूरपश्चिम प्रदेश
१. लीलाकुमारी भण्डारी, नेकपा एमाले
२. खम्मबहादुर खाती, नेपाली कांग्रेस

 



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ११, आईतवार १४:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP