• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

०८२ साल माघ १३ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

०८२ साल माघ १३ गते मंगलबारः यस्ताे छ आजकाे राशिफल

काठमाडौँ । ०८२ साल माघ १३ गते मंगलबार तदनुसार २७ जनवरी २०२६ । नवमी तिथी २४ घडी २३ पला उप्रान्त दशमी तिथी प्रारम्भ हुनेछ । भरणी नक्षत्र ५ घडी ५० पला उप्रान्त कृतिका नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग तैतिल करण आज बिहान सूर्योदय ६:५५ मा र सूर्यास्त साँझ ५:३९ मा हुनेछ । आज मंगलबार चन्द्रमा मेष राशिमा ।

मेष राशि
तरल पदार्थसम्बन्धी व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । पुराना साथीभाइसँग भेटघाट हुनाले मनमा उत्साह बढेर जाने योग छ। मानसम्मानमा वृद्धि भएर जाने देखिन्छ।

वृष राशि
शैक्षिक सम्पत्तिको विषयलाई लिएर परिवारमा अनावश्यक विवाद बढेर जानेछ। लेखन शैलीमा कमी आउने देखिन्छ। जग्गा जमिनसम्बन्धी विवाद बढेर जानाले मानसिक तनाव बढेर जानेछ।

मिथुन राशि
आयार्जनमा वृद्धि भएर जाने योग छ । पठनपाठनमा सफलता प्राप्त हुनाले मनमा उत्साह बढेर जानुका साथै आकस्मिकरुपमा जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ।

कर्कट राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। राजनीतिमा आफूलाई अगाडि लगाएर अर्कैले फाइदा लिन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। मुद्दा मामिलामा फसिने योग छ।

सिंह राशि
अध्ययन अध्यापनमा बाधा आउने देखिन्छ। गरिरहेको काममा विवाद आउनेछ। सञ्चित धनको नाश हुनुका साथसाथै आयआर्जनमा समेत कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।

कन्या राशि
बोलीको प्रभाव बढेर जानेछ। राजनीतिक कार्यमा सफलता पाइने योग छ। भौतिक साधनको प्रयोग गरिने योग छ। व्यापारमा सफलता प्राप्त गर्नाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।

तुला राशि
सामाजिक काममा समय व्यतीत भएर जानेछ । लेखन शैलीमा वृद्धि हुने योग छ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिनुले मनमा खुसी छाउनुका साथै प्रेम गर्ने अवसर मिल्नेछ।

वृश्चिक राशि
बेर्थैमा झैझगडाको सामना गर्नुपर्ने योग छ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । सञ्चित धनको नाश हुनुका साथसाथै धनमालसमेत हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ।

धनु राशि
न्यायिक काममा बाधा आउनेछ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। विश्वास गरेका आफन्तले धोका दिने देखिन्छ ।

मकर राशि
अधुरा कामहरू पूरा भएर जानेछन् । बोलीमा मिठास आउनेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। साझेदारी काममा सफलता प्राप्त हुनाले मनमा खुसी छाउने छ।

कुम्भ राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। लेखन शैलीमा तीव्रता आउनुका साथै न्यायिक कार्यमा सफलता पाइने देखिन्छ।

मीन राशि
अनावश्यकरूपमा विवाद बढेर जानेछ। स्वास्थ्यमा उतारचढाव आउने योग छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउने योग छ। पतिपत्नीबीच विवाद बढेर जानेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १३, मंगलवार ००:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP