• २०८३ असार ३१ | Wed, 15 Jul 2026

एसियन लाइफद्वारा मासिक आय सुविधा प्रदान

एसियन लाइफद्वारा मासिक आय सुविधा प्रदान

  • श्याम शर्मा एल सि

सिन्धुपाल्चाेक । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मेलम्ची शाखाले बिमित व्यक्तिका परिवारलाई बिमाङ्क रकम प्रदान गरेकाे छ ।

२०८० साल जेठ ३१ गते सिमसन तामाङ्गको बाल भविष्य प्लसमा प्रस्तावक रामबहादुर तामाङ्ग रही बीमा गरिएकाे थियाे । उहाँले प्रत्येक वर्ष ५२ हजार ८०४ का दरले ३ वर्षमा १ लाख ५८ हजार ४१२ रुपैँयाँ कम्पनीलाई तिर्नु भएको थियो ।

बिमाङ्क रकम आठ लाखको बीमा गरेका प्रस्तावक रामबहादुर तामाङको प्राण घातक रोगका कारण गत साउन १५ गते मृत्यु भयाे । नाबालक सिमसन तामाङ्गलाई आठ लाखकाे एक प्रतिशतका दरले १६७ महिनासम्म आठ हजारका दरले मासिकरुपमा १३ वर्षभित्र १३ लाख ३६ हजार पाउने र बाँकी १३ वर्षको वार्षिक बीमा शुल्क कम्पनीबाट छुट गराइने कम्पनीले जनाएकाे छ ।

अवधि समाप्त भएपछि पूर्ण बिमाङ्क आठ लाख र तीन वर्षको बोनससहित गर्दा करिब २१ लाख ३६ हजार रुपैँयाँ नाबालकले पाउने एशियन लाइफका मेलम्ची शाखा इन्चार्ज सुधिर शर्मा दाहाल तथा एशियन लाइफ इन्स्योरेन्सका अभिकर्ता ल्हाक्पा तामाङले जानकारी दिनुभयो।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १५, बिहीबार १४:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP