• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

नेपाली भाषाको पहिलो सूर्यभजन सार्वजनिक (भिडियाेसहित)

नेपाली भाषाको पहिलो सूर्यभजन सार्वजनिक (भिडियाेसहित)

बनेपा । नेपाली भाषाको पहिलो सूर्यभजन सार्वजनिक गरिएको छ । हालसम्म नेपाली भाषामा सूर्यको स्तुति, भजन या प्रार्थनाको स्वराङ्कन गरिएको थिएन, यो नै पहिलो हो ।

यसलाई सूर्यप्रार्थना भनिएको छ । यसको लेखन र सङ्गीत हरि मञ्जुश्रीको हो । यसमा वसन्त कुइँकेलले स्वर दिनुभएको छ । बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन र मच्छेश्वर सापकोटाको सुपरिवेक्षणमा सूर्यप्रार्थना तयार भएको हो । यसको सम्पादन इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको छ।

यो भजन शब्दयात्रा प्रकाशनद्वारा उत्पादित चौबीसौँ साङ्गीतिक प्रस्तुति हो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा पुस १७ गते बिहीबार आयोजित समारोहमा ललितकुमार शाक्यले यसलाई सार्वजनिक गर्नुभएको हो । ‘सूर्यप्रार्थना’ भजनका विषयमा मच्छेश्वर सापकोटाले लेख्नुभएको टिप्पणी पुण्यवती घलेले वाचन गर्नुभएको थियो ।

गायक वसन्त कुइँकेलले गायनसम्बन्धी अनुभव सुनाउनुभएको थियो । भजन मन परेमा लाइक, सेयर र सब्सक्राइब गरिदिन वसन्त कुइँकेलले अनुरोध गर्नुभएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १७, बिहीबार ११:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP