• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

गायक तथा नायक प्रशान्त तामाङको निधन

गायक तथा नायक प्रशान्त तामाङको निधन

काठमाडौँ । गायक तथा नायक प्रशान्त तामाङको निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको हाे ।

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङसमेत बाँकी रहेको छ ।

तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतमा अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत पनि गाएका छन् ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएका थिए । त्यहीँ उनको निधन भएको हो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २७, आईतवार ०७:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP