• २०८३ असार ३२ | Thu, 16 Jul 2026

ज्यान मार्ने उद्योग कसुरमा संलग्न व्यक्ति पक्राउ

ज्यान मार्ने उद्योग कसुरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं। ज्यान मार्ने उद्योग कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालीमाटी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भएका ३४ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा पीडितलाई ज्यान मार्ने उद्देश्यले पुस ६ गते फलामको लेजर लाईट र नकले प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २१, सोमबार ०८:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP