• २०८३ असार ३२ | Thu, 16 Jul 2026

नेपाल संवत् नेपालीकाे गौरव र सभ्यताको प्रतीक हाे : प्रधानमन्त्री

नेपाल संवत् नेपालीकाे गौरव र सभ्यताको प्रतीक हाे : प्रधानमन्त्री

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताउनुभएको छ। बुधबार ललितपुरको मंगलबजारमा आयोजित नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल संवत् नेपाली गौरव, सभ्यताकाे चिनारी भएकाे बताउनुभयाे ।

‘‘यसका प्रवर्तक शंखधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो । तर उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान् समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो ।’’ प्रधानमन्त्रीले भन्नुभयो ।

आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरिदिनुभएकाे चर्चा गर्दै प्रधानमन्त्री कार्कीले ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय भएकाे उल्लेख गर्नुभयाे ।

यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो । उहाँको यही सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप वि.सं. ९३६ मा नेपाल संवतको थालनी गरिएको हो ।

यसैको सम्मानमा उहाँलाई वि.सं. २०५६ सालमा राष्ट्रिय विभूति घोषणा गरियो र २०६५ कात्तिक ७ गतेदेखि नेपाल सम्वतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ। सरकारी कागजातमा नेपाल सम्वत् समेत उल्लेख गर्न थालिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ५, बुधबार ०४:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP