• २०८३ असार ३० | Tue, 14 Jul 2026

मध्यपहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

मध्यपहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

सिन्धुपाल्चाेक । आफूलाई क्यान्सर लाग्दाखेरिकाे तितो पीडालाई सामर्थ्यमा परिणत गरि त्यसबेला उपचारको क्रममा भाेगेकाे आर्थिक अभावबाट पाठ सिकी आगामी दिनमा क्यान्सर प्रभावित गरिब निःसहायहरुलाई सहयोग गर्नका लागि क्यान्सर विजेता हर्क लामाकाे अगुवाइमा थालिएको १ हजार ८०० किलोमिटर लामो मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियानकाे ११ दिन मेलम्ची-१२ बाहुनेपाटी आइपुगेको छ।

यस साइकल यात्रामा लिड राइडरको रुपमा हर्क लामा हुनुहुन्छ भने उहाँलाई अर्को क्यान्सर विजेता एवं राइडर कविता चित्रकारले पनि साथ दिइरहनुभएकाे छ । अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ तारिख (पुस १७) काे दिन पूर्वकाे चिवाभञ्ज्याङबाट थालिएको उक्त साइकल यात्रामा डा. विकास पराजुली, ज्ञानेन्द्र स्थापित लगायतका अन्य पाँचजना साइकल राइडरहरु पनि छन् ।

एक महिना लामो यस साइकल यात्राको क्रममा टाेली शुरुवाती नौ दिन कोशी प्रदेशका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, दिक्तेल र उदयपुर हुँदै शनिबार बागमती प्रदेशको रामेछाप आइपुगेको थियो । साेही दिन काभ्रेको दाेलालघाट पनि पुगेको थियो । यहाँबाट उक्त टोली आइतबार सिन्धुपाल्चोकको मेलम्चीतर्फ आएको हो । मेलम्ची-१२ स्थित धुलिखेल अस्पतालको बाहुनेपाटी स्वास्थ्य केन्द्रमा आज स्वास्थ्य शिविरका साथै क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

धुलिखेल अस्पतालकाे सहकार्यमा साइकल कल्चर कम्युनिटीकाे आयोजनामा भएको उक्त साइकल यात्राकाे मुख्य उद्देश्य क्यान्सर प्रभावितका लागि कोष खडा गर्नुका साथै मध्यपहाडी लोकमार्गमा साइकल यात्रा गर्ने क्रममा ठाउँ ठाउँमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषयमा जनचेतना जगाउँदै हिँड्ने लक्ष्य पनि रहेको छ।

यसका लागि धुलिखेल अस्पतालका प्राध्यापक डा सुमनराज ताम्राकारले नेतृत्व गर्दै आउनुभएको छ। उहाँले हालसम्म पाँचथर, तेह्रथुम, धनकुटा र दिक्तेलका ६ ठाउँमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिसकेको बताउनुभयो । यी कार्यक्रमबाट करिब ६०० स्कुले विद्यार्थीहरू एवं महिला दिदीबहिनीहरू प्रत्यक्षत: लाभान्वित भएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २७, आईतवार १५:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP