• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कांग्रेस विशेष महाधिवेशनमा हालसम्म २ हजार ६६२ प्रतिनिधिकाे हस्ताक्षर, कुन प्रदेशबाट कति ?

कांग्रेस विशेष महाधिवेशनमा हालसम्म २ हजार ६६२ प्रतिनिधिकाे हस्ताक्षर, कुन प्रदेशबाट कति ?

काठमाडौँ । नेपाली कांग्रेसकाे दाेस्राे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको संख्या २ हजार ६ सय ६२ पुगेकाे छ ।

विशेष महाधिवेशनको सचिवालयले आज साँझ ८ बजेसम्म उपलब्ध गराएको तथ्यांक अनुसार, कुल ४ हजार ७४३ मध्ये २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।

जसमा कोशी प्रदेशबाट ४२५ जना, मधेशबाट ४४६ जना, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यका १७८ र भ्रातृ, शभेच्छुक र जनसम्पर्क गरेर १९५ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा देखिएकाे जारी विज्ञप्तिमा उल्लेख छ ।

विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौंमा सम्पन्न भएको छ । साेमबार बिहान १० बजेबाट बन्दसत्र शुरु हुनेछ । महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २७, आईतवार १५:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP