• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न प्रयासरत छु : राष्ट्रपति (विज्ञप्ति)

लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न प्रयासरत छु : राष्ट्रपति (विज्ञप्ति)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कसरी कायम गर्ने सकिन्छ भनेर आफू विमर्शमा रहेको बताएका छन्। राष्ट्रपति पौडेलले आज एक विज्ञप्ति प्रकाशित गर्दै संवैधानिक दायरामा रहेर कसरी निकास निकाल्न सकिन्छ भनेर प्रयासरत रहेको बताएका हुन्।

मंगलबार आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका राष्ट्रपतिले आज आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन्।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २६, बिहीबार १०:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP