• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

हरेक वर्ष माघे संक्रान्ति झैं यस वर्ष पनि बेत्रावतीमा गोरु जुधाइ प्रतियोगिता

हरेक वर्ष माघे संक्रान्ति झैं यस वर्ष पनि बेत्रावतीमा गोरु जुधाइ प्रतियोगिता

रसुवा । हरेक वर्ष माघे संक्रान्ति झैं यस वर्ष पनि रसुवा र नुवाकोटको सीमाना बेत्रावतीकाे तारुकामा गोरु जुधाइ प्रतियोगिता सञ्चालन गरिएको छ। हरेक वर्ष माघे संक्रान्तिमा यहाँ गोरु जुधाइ मेला लाग्ने गरेकाे छ ।

नेपाल र तिब्बतबीच विसं १८४९ साल असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसीयालीमा मनाइँदै आइएको गोरु जुधाइ मेलाले ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यस वर्ष मेला अवलोकन गर्न रसुवा, नुवाकोट, काठमाडौँ, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरबाट हजारौं दर्शक सहभागी थिए ।

कृषिमा आधुनिकीकरणसँगै हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको छ । जस कारण प्रतियोगिता सञ्चालनमा चुनौती देखिन थालेको छ।

प्रतियोगितामा सहभागी गोरु धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिन्छ भने जुधारु गोरुलाई भिटामिन तथा प्रतिस्पर्धामा सहभागी गोरुको बीमासमेत गरिएको आयोजकले जनाएको छ। यस वर्ष ११ हल गाेरुले भाग लिएका भए पनि राम्ररी जुधाइ गर्न सक्ने चार हल गाेरु मात्र थिए ।

गोरु जुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङस्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको थियाे । साथै सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको त्यहाँबाट पत्रकार हेमनाथ खतिवडाले जानकारी दिनुभयाे ।

तस्बीरहरुः हेमनाथ खतिवडा



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १, बिहीबार ११:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP