• २०८३ असार ३२ | Thu, 16 Jul 2026

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका तामाङ पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका तामाङ पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर इमाडोल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका ४० वर्षीय श्री तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा गत असार ३१ गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा जितपुरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १, बिहीबार १५:१७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP